अलपत्र ९ वटा भवनको ठेक्का तोड्न प्रक्रिया सुरू

काठमाडौं । सघन सहरी तथा भवन निर्माण आयोजनाले रुग्ण ९ वटा आयोजनाको ठेक्का तोड्ने प्रक्रिया सुरू गरेको छ ।

निर्माण व्यवसायीले विभिन्न समयमा पेस गरेको संशोधित कार्य तालिका तथा समयमै निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता अनुसार काम नगरेपछि ताकेतासहित ७ दिने सूचना निकालिएको हो ।

पटक-पटक लिखित तथा मौखिक ताकेता गर्दा समेत निर्माण व्यवसायीहरूबाट समयमै निर्माण कार्य सकिने गरी निर्माण कार्य सुचारू गरेका छैनन् । निर्माण कार्यको प्रगति समेत सन्तोषजनक नभएकोले सात दिन भित्र ठेक्का किन नतोड्ने ? भनी स्पष्ट जवाफ मागिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *