
काठमाडौं । नेकपा एस सम्बद्ध प्रवासी नेपाली एकता मञ्च, युएई- दुबईका अध्यक्ष विपिन सापकोटाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
अध्यक्ष माधवकुमार नेपालमाथि असन्तोष व्यक्त गर्दै पार्टी छोडेका उनी एमाले फर्किने तयारीमा छन् ।
लामो समयदेखि प्रवासी नेपाली राजनीतिक क्षेत्रमा सक्रिय सापकोटा सङ्गठन सुदृढीकरण, कामदार हकहितका अभियान र वामपन्थी एकता प्रवर्द्धनमा अग्रसर नेताका रूपमा परिचित छन् ।
उनले भने,‘सधैँ वामपन्थी एकता, सङ्गठन सुदृढीकरण र प्रवासी नेपालीको हितका लागि काम गरेको छु, अहिलेको अवस्थाले त्यस दिशामा अग्रसर हुनुपर्ने आवश्यकता देखियो।’
मूलधारको कम्युनिस्ट आन्दोलनसँग पुनः जोडिँदै देश र प्रवासी जनताको पक्षमा अझ प्रभावकारी योगदान गर्ने चाहना उनले व्यक्त गरे ।

Leave a Reply