महिला फुटबल खेलाडीलाई अपुग निन्द्रासँगै भाेकै यात्रा गराइएकाे भन्दै संघकाे आपत्ति

काठमाडौं । नेपाली खेलाडीलाई अपुग निन्द्रासँगै भाेकै यात्रा गराएकोप्रति नेपाल फुटबल खेलाडी संघले आपत्ति जनाएको छ । संघले प्रेस विज्ञप्ती जारी गर्दै अपुग निन्द्रामाथि खेलाडीलाई भोक्कै राखेर यात्रा गराउनुले एन्फाको खराब व्यवस्थापन पुनः एकपटक उदांगो भएको जनाएको छ ।

सोमबार साँझ भारतसँग खेलेको नेपाली टोली सिक्किममा मैत्रीपूर्ण खेल खेल्न जानका लागि मंगलबार बिहान ३ बजे नै विमानस्थल पुगेको थियो । खेलाडी संघले दुई खेलबीच ७२ घण्टा विश्राम राख्नुपर्नेमा ४८ घण्टा भन्दा कम समयमा खेल राख्ने कुरामा आपत्ति जनाएको छ ।

‘खेलाडीको स्वास्थ्यभन्दा ठूलो कुनै खेल हुँदैन । एक त फिफाले नै दुई खेलबीच ७२ घण्टा विश्राम राख्नुपर्नेमा ४८ घण्टा भन्दा कम समयमा खेल राख्ने कुरामा हाम्रो आपत्ति छ,’ विज्ञप्तीमा भनिएको छ ।

बागडोग्राबाट अझै ६ घण्टा गाडीमा यात्रा गरेर भोलिपल्ट नै खेल खेल्न लगाउनु मानवीय हिसाबले पनि सहि नभएको संघको तर्क छ । ‘शिलोंगमा खेल खेल्न जाँदाको व्यवस्थापनमाथि प्रशिक्षकले नै प्रश्न उठाउँदा समेत एन्फाले कुनै कदम नचाल्नुले हामीलाई अचम्मित तुल्याएको थियो । तर यसपटक एन्फा आफ्नै नियन्त्रणमा भएको पक्षमा समेत अव्यवस्थित यात्रा गराउनु गम्भीर विषय हो,’ विज्ञप्तीमा उल्लेख छ ।

खेल बिहीबार भनिएपछि बुधबारका लागि सारिएपछि खेलाडी हतारहतार त्यसतर्फ लागेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *