
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भोली सरकार, दल र जेनजी अगूवाहरुको त्रिपक्षीय बैठक आह्वान गरेकी छन् । उनले राष्ट्रिय मान्यता प्राप्त दलहरु र जेनजी अगूवालाई पहिलोपटक एकै ठाउँमा राखेर छलफल गर्न लागेकी हुन् ।
भोली बालुवाटारमा ४ बजे बैठक डाकिएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए । बैठकमा निर्वाचन सफल पार्ने र परिवर्तन संस्थागन गर्ने विषयमा छलफल हुने उनको भनाइ छ ।
बैठकमा जेनजीका तर्फबाट ८–९ वटा समूहका अगूवालाई निम्तो गरिएको बुझिएको छ । राजनीतिक दलका तर्फबाट दोस्रो तहका नेताहरु सहभागी हुनेछन् ।

Leave a Reply