
काठमाडौं । हिमाली भेगका विभिन्न जिल्लामा परेको हिउँका कारण फसेका व्यक्तिको सेना, सशस्त्र र प्रहरीको संयुक्त टोलीले सुरक्षित स्थानमा स्थानान्तरण गरेकोे छ ।
हिउँमा फसेका ७ सय ५० जनालाई मनाङको तिलिचो बेश क्याम्पबाट डिस्याङ गाउँपालिका–९ स्थित खाङसारसम्म सुरक्षित ल्याइएको र ५० जनालाई तिलिचो वेश क्याम्पमा सुरक्षितसाथ राखिएको सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जनाएका छन् ।
मनाङ घुम्न गएका पर्यटकले खाङसारमा बस्ने र खानका लागि पर्याप्त ठाउँ नपाएपछि केही पर्यटकलाई सुरक्षित फर्कने व्यवस्था मिलाइएको थापाले जनाएका छन् ।काठमाडौ महानगरपालिका–३१ बस्ने ४५ वर्षीय वीरेन्द्र रसाइली लेक लागेर बेहोस भएपछि सुरक्षाकर्मीले उद्धार गरेका छन् ।
तिलिचो ताल घुमेर फर्कने क्रममा लेक लागेर रसाइली वेहोस भएका थिए । उनलाई सशस्त्र प्रहरीको पर्वतीय उद्धार तालिम शिक्षालय मनाङको टोलीले स्ट्रेचरमा राखी खाङसारबाट हुम्डे स्वास्थ्य चौकीसम्म लगेको हो ।

Leave a Reply