
काठमाडौं । राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय संस्था (IFRC) ले पठाएको छ ।
सँगै रेडक्रसको मूल्यमान्यता विपरीत आचरण देखाएको कसुरमा पूर्वअध्यक्ष प्रा. सुदर्शनप्रसाद नेपाल र महासचिव भूपतिलाल श्रेष्ठलाई आजीवन प्रतिबन्ध लगाइएको छ ।
आईएफआरसी अनुपालन तथा मध्यस्थता समिति संयोजक क्रिस्टिना कुम्पुलाले पत्र पठाउँदै गभर्निङ बोर्डको हालैको निर्णय जानकरी गराएकी हुन् । केही व्यक्तिहरूले नेपाल रेडक्रसलाई विघटनकारी व्यवहार गरेको भन्दै जेनेभाले आपत्ति जनाएको छ । नेपाल र श्रेष्ठको इमानदारितासम्बन्धी समस्याले समाधानमा ढिलाइ भइरहेको आईएफआरसीको ठहर छ ।
आईएफआरसीले अदालतमा दिइएको मुद्दाले नेपाल रेडक्रसको भविष्यलाई जोखिममा पारिरहेको बताएको थियो ।
विनोदकुमार शर्मा नेतृत्वको तदर्थ समितिविरुद्ध जेनेभाले यसअघि नै प्रतिबन्ध लगाएका सुदर्शनप्रसाद नेपालसमेतले दायर गरेको रिटमा अल्पकालीन आदेशपछि अहिले फेरि रेडक्रस नेतृत्वविहीन छ ।


Leave a Reply