दल दर्ताका लागि विप्लव नेतृत्वको नेकपाले दियो निर्वाचन आयोगमा निवेदन

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ।

प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा नेकपाका नेताहरू आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएका हुन्।

दल दर्ता गरेसँगै विप्लव नेतृत्वको नेकपा पनि अब चुनावमा जाने भएको छ।

देश र जनताको चाहना र अहिलेको वस्तुस्थितिलाई बुझेर आफूहरूले आयोगमा आएर दल दर्ताको लागि निवेदन दिएको प्रवक्ता प्रकाण्डले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *