छठका लागि बेहुली झैँ सिँगारियो वीरगन्जको घडिअर्वा पोखरी (तस्बिरहरू)

वीरगन्जको घडिअर्वा पोखरी छठका लागि बेहुली झै सिंगारिएको छ । छठपूजा व्यवस्थापन समितिले झिलिमिली बत्ति जडान गरी सिंगारिएको हो । वीरगन्जको घडिअर्वा पोखरी लगायत विभिन्न छठ घाटलाई सजाइएको छ ।

पोखरीमा छठ पर्व मनाउन आउने श्रद्धालु भक्तजन र व्रतीको सुविधा तथा सुरक्षाका लागि पनि विशेष ध्यान दिएको छ । श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिकको पहिचानका रुपमा मनाइने छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि विधिवत् सुरु भई चार दिनसम्म हर्षोल्लासका साथ मनाइने गरिन्छ ।

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड हो, छठ पर्व । तराईका सबै जातजातिले साझा रुपमा मनाउने यस पर्वको विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।

यस पर्वमा चाहिने भाँडाकुँडा वस्तुजातको बन्दोबस्त तराईमा एक महिना अगाडिदेखि नै गर्न थालिन्छ । महाभारतका अनुसार द्रोपदी सहित पाण्डवहरू अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डवहरू मिथिलाको विराट राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

तस्बिर : विनोद अधिकारीर नेपाल फोटो लाइब्रेरी ।

 

May be an image of oil refinery

May be an image of crowd

May be an image of oil refinery

May be an image of helicopter, oil refinery, Tokyo Tower and text

May be an image of Tokyo Tower and text

No photo description available.

May be an image of lighting, road and text

May be an image of lighting and text

No photo description available.

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *