
कैलाली — घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा जारी मदन भण्डारी कप जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधिको लागि घोडाघोडी रातो क्लब र मदन भण्डारी स्पोट्र्स एकेडेमी भजनी भिड्ने भएका छन्
कान्तिराज्य लक्ष्मी माध्यमिक विद्यालयको खेलमैदानमा आइतबार सम्पन्न सेमिफाइनल खेलमा घोडाघोडीले गैंडाखेडालाई हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । त्यस्तै भजनी गौरीगङ्गालाई हराउँदै फाइनल पुगेको हो ।
गोलरहित बराबरीमा सकिएको दुवै टिमको छिनोफानो पेनाल्टी सुटआउटबाट भएको थियो ।
उपाधिका लागि सोमबार प्रतिस्पर्धा हुने छ ।
मदन भण्डारी स्पोट्र्स एकेडेमी घोडाघोडी नगर कमिटीको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेता टिमले ५२ हजार २ सय ५०, उपविजेता टिमले ३२,हजार २ सय ५० तथा उत्कृष्ट खेलाडी र उदयमान खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।

Leave a Reply