
काठमाडौं । शान्ति सुरक्षाको अवस्था र चुनावका लागि आवश्यक तयारीबारे जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल मधेस प्रदेशको भ्रमणमा जाने भएका छन् ।
मन्त्री अर्यालसँगै भ्रमणदलमा उद्योग र कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र गृहसचिव रामेश्वर दंगाल पनि रहने छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाबारे बुझ्न उनीहरु भोलि (सोमबार) जनकपुर प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।
टोली सोमबार र मङ्गलवार मधेसमा रहने जनाइएको छ। त्यस क्रममा त्यहाँका सुरक्षा निकायका विभिन्न कार्यालय अवलोकन, सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तर्क्रिया गर्ने छन् । यस्तै छठसम्बन्धी कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम तय भएको छ ।

Leave a Reply