जमलबाट कुटपिट गरी गहना र मोवाइल लुटपाट, २ महिलासहित ३ जना पक्राउ

काठमाडौं । काठमाडौंको जमलमा कुटपिट गरी नगद, सुनका गहना र मोबाइल लुट्ने ३ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मकवानपुर, हेटौँडा घर भइ हाल चन्द्रागिरी नगरपालिका ५ बस्ने २१ वर्षीय अर्जुन श्रेष्ठ, झापा, झिलझिले घर भइ हाल पुरानो नैकाप बस्ने २० वर्षीया सुस्मिता महर्जन भन्ने सिर्जना राई र रामेछाप घर भइ हाल डल्लु बस्ने २२ वर्षीया बिनिता मगर रहेका छन् ।

उनीहरुले गत कार्तिक ४ गते बिहान ३ बजे जमलस्थित राष्ट्रिय नाँचघर अगाडि सडक पेटीमा पैदल हिँड्दै गरेका व्यक्तिलाई कुटपिट समेत गरी उनको साथमा भएको नगद, २ तोलाको सुनको सिक्री र मोबाइल समेत चोरी तथा लुटपाट गरी फरार भएका थिए ।

सोही सूचनाको आधारमाखोजतलास गर्ने क्रममा उक्त घटनामा संलग्न तीन जनालाई शुक्रबार दिउँसो साढे २ बजे संचयकोष स्थितबाट लुकाइ छिपाइ चोरी तथा लुटपाट भएको सामानसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

उनीहरुबाट प्रहरीले लुटिएको २३. ३० ग्राम सिक्री,, मोबाइल र दुई हजार दुई सय ३५ बरामद गरेको छ । उनीहरुमाथि काठमाडौं जिल्ला अदालतबाट दिन ६को म्याद थप लिइ अनुसन्धान भइरहेको उनले जानकारी दिए । ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *