
ललितपुर । जेन-जी आन्दोलनमा प्रहरीबाट लुटिएको चाइनिज पेस्तोल खोलामा फेला परेको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका- ५, टीकाथलीबाट बरामद भएको हो । साथमा ३ राउण्ड गोली पनि छ । टाइप ५४ लेखिएको उक्त पेस्तोल प्रहरीसँग मात्रै छ ।
इमाडोल हुँदै महालक्ष्मी ५ बग्ने गोदावरी खोलामा हतियार देखिएको सूचना पाएपछि प्रहरीले बरामद गरेको ललितपुर प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीले बताए ।
‘हतियार हामीबाटै लुटिएको हो, कहाँबाट कसले त्यहाँ लग्यो, यसबारे अनुसन्धान हुँदैछ’, उनले भने ।
आइतबार बिहान एक बटुवाले प्रहरीलाई खबर गरेका हुन् । प्रहरीले वरिपरि जडान भएका सिसिटिभी फुटेजको अध्ययनपछि हतियार लुट्ने व्यक्ति र लुटिएको ठाउँ पहिचान गर्ने बोगटीले बताए ।

Leave a Reply