
काठमाडौं । शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार हनन सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । माइतीघरमा अनुमतिबिना प्रदर्शनमा उत्रिएकाहरुलाई सरकारले पक्राउ गरेपछि आयोगले विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेको हो ।
आयोगले विगतका केही प्रदर्शनहरु ध्वंशात्मक र हिंसात्मक हुन पुगेको तथ्यलाई ध्यानमा राखी आगामी दिनमा त्यसप्रकारका हिंसात्मक गतिविधि नहोउन् भन्नेतर्फ सचेत रहँदै प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सबै पक्ष जिम्मेवार हुनु आवश्यक रहेको पनि जनाएको छ । प्रदर्शनहरुमा घुसपैठ हुन नदिने दायित्व सरकार र प्रदर्शनकारी दुवैको हुनेतर्फ पनि आयोगले सचेत गराएको छ ।
समस्याको समाधान वार्ता र संवादबाट मात्र संभव हुने उल्लेख गर्दै आयोगले हरेक समस्याको समाधान विधिको शासन, संविधान, कानून र मानव अधिकारको मूल्य मान्यताकै आधारमा शान्तिपूर्ण रुपमा खोजिनुपर्ने जनाइएको छ ।

Leave a Reply