मन्त्री बन्न लागेका सुनारविरुद्ध काभ्रे अदालतबाट साउनमै जारी भएको थियो पक्राउ पुर्जी

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा श्रममन्त्री नियुक्त हुन लागेका खगेन्द्र सुनारका एकपछि अर्को मुद्दा बाहिरिएको छ ।

सुनारमाथि दैलेख र काभ्रेमा पक्राउ पुर्जी जारी भएको पाइएको हो । अधिवक्ता मनिषा गौतमको जाहेरीमा विद्युतीय कारोबार मुद्दामा काभ्रे अदालतले गत साउन ५ गते दैलेख प्रहरीलाई पक्राउ पुर्जी जारी गरी पठाएको छ । पक्राउ पुर्जी जारी भएको तर मुद्दा फर्स्यौट नभएको प्रहरी रेकर्डमा छ ।

यस्तै जिल्ला अदालत सुर्खेतले २०८१ असार २१ मा जारी गरेको पक्राउ पुर्जीका आधारमा पनि उनी पक्राउ पर्न बाँकी र सजाय भुक्तान गर्न बाँकी देखिने प्रहरी स्रोतले जनाएको छ । अदालतले सुर्खेत प्रहरीलाई किन पक्राउ पुर्जीबारे २०८१ मंसिर २१ गते पनि ताकेता गरेको थियो ।

सुनारमाथि सुर्खेतमा मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटामाथि हातपात तथा स्वास्थ्य संस्था तोडफोडको अभियोगमा पक्राउ पुर्जी जारी भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *