तोलामै ११ हजार बढीले सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा तिहार बिदापछि आइतबार पहिलो कारोबार भएको सुनको मूल्य ह्वातै घटेको छ ।

सुनको मूल्य आज एकैदिन ११ हजार ६ सय रुपैयाँले घटेको हो । सुन चाँदी महासंघका अनुसार आज तोलामा एकैदिन ११ हजार ६ सयले घटेर २ लाख ४१ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

यसअघिको कार्त्तिक ३ गते सुनको मूल्य तोलामा २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसलगतै तिहार बिदा भएकाले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएपनि आज मात्र मूल्य सार्वजनिक भएको हो ।

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। आज २६५ रुपैयाँले घटेर प्रतितोला चाँदीको मूल्य ३ हजार १५ रुपैयाँ कायम भएको छ। कार्तिक ३ गते चाँदी ३ हजार २८० रुपैयाँमा खरिदबिक्री भएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *