
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछिन् ।आज नियुक्त गर्न लागेकी ४ नयाँ मन्त्रीहरु शपथ साढे २ बजे हुने भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा उनीहरुको शपथको तयारी तयारी भइरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
सचिवालय स्रोतका अनुसार आज थपिने मन्त्रीहरुमध्ये गणपति लाल श्रेष्ठको मन्त्रालयले फेरिएको छ । उनलाई यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइने तयारी भएको थियो । उनलाई भूमि व्यवस्था तथा सहकारीमन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।
आज थपिने मन्त्रीहरुमध्ये डा. सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रम तथा रोजगारलाई खगेन्द्र सुनार र युवा तथा खेलकुद मन्त्रालयलाई बब्लु गुप्ताको जिम्मेवारी तोकिएको छ ।
प्रधानमन्त्री कार्कीले चार जना मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालयमा पठाइसकेकी छन् ।

Leave a Reply