बाजुरामा ‘गौमुल कप’ फुटबल प्रतियोगिता सुरु

बाजुरा । गौमुल गाउँपालिकामा पहिलो पटक ‘प्रथम खुला गौमुल कप सेभेन एसाइड फुटबल प्रतियोगिता’ सुरु भएको छ। क्रियटिभ यूथ क्लबको आयोजनामा र गौमुल गाउँपालिकाको आर्थिक सहयोगमा शनिवारदेखि प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा प्रथम हुने टिमले ५१ हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले ३१हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। साथै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि सम्मान गरिनेछ।

क्लबका अध्यक्ष जीवनकुमार रोकायाको अध्यक्षता तथा गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाको प्रमुख अतिथिमा प्रतियोगिताको उद्घाटन गरिएको थियो ।

उद्घाटन कार्यक्रममा उपाध्यक्ष सीता थापा, बुढीनन्दा नगरपालिकाका प्रमुख जनककुमार बोहरा, नेकपा एमाले जिल्ला कमिटी सचिव काँशी विक, वडा नं। ६ का अध्यक्ष प्रकाश रोकाया, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कृष्ण ओली लगायत उपस्थित थिए ।

No description available.

उद्घाटनको अवसरमा राजनीतिक दलका प्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेल समेत आयोजना गरिएको थियो।

उद्घाटन समारोहमा गाउँपालिकाका अध्यक्ष रोकायाले गाउँपालिकामा आगामी वर्षदेखि “देशभरिकै नमुना कप” आयोजना गर्ने घोषणा गरे। उनले भूगोल र पूर्वाधारका चुनौतीबीच पनि स्थानीय सरकारले योजनाबद्ध रूपमा खेलकुदको विकासमा जोड दिइरहेको उल्लेख गरे।

उनका अनुसार गाउँपालिकाले खेलमैदानको स्तरोन्नति र बृहत्तर खेलकुद कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। ‘हाम्रो उद्देश्य गाउँभित्र लुकेका प्रतिभाशाली खेलाडीहरूको पहिचान गरी उनीहरूलाई अवसर प्रदान गर्नु हो, ’ अध्यक्ष रोकायाले बताए।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *