सिंहदरबारभित्र निर्माणाधीन संसद् भवनको अवलोकन गर्न पुगे मन्त्री घिसिङ

काठमाडौं । सहरी विकास मन्त्री कुलमान घिसिङ निर्माणाधीन संसद् भवनको अवलोकनमा पुगेका छन्। मन्त्री घिसिङ केही बेरअघि सिंहदरबारभित्र निर्माणाधीन संसद् भवनको अवलोकनमा पुगेका हुन्।

संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने भव्य संरचना निर्माण गर्ने क्रम जारी छ।

संसद् भवन नहुँदा २०६४ पछि सरकारले नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद् भवनको रूपमा प्रयोग गर्दै आएको थियो। तर जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीले त्यो भवन पनि आगजनी र तोडफोड गरेर प्रयोग गर्न नमिल्ने अवस्था छ।

अब आगामी निर्वाचनबाट आउने प्रतिनिधि सभाको बैठक नयाँ भवनबाट राख्ने तयारी छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *