‘परान’ ले आयोजना गर्‍यो ‘मेरो परान’ प्रतियोगिता, जित्नेलाई १ लाख नगद पुरस्कार

काठमाडौँ । यहीँ कार्तिक १४ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘परान’ ले ‘मेरो परान’ नामक प्रतियोगिताको घोषणा गरेको छ। प्रदर्शन मिति नजिकिएसंगै शनिबार चलचित्र निर्माण टिमले यो प्रतियोगिताको घोषणा गरेका हुन।

प्रतियोगिताको विजेताले एक लाख नगद पुरस्कार पाउनेछन्। प्रतियोगितामा सहभागीता जनाउन इच्छुकले हाल आफ्नो जीवनमा रहेको आफ्नो ‘परान’ को हो ? भन्ने खुल्ने गरी तस्विर पोस्ट गर्दै क्याप्सनमा ‘मेरो परान’ लेखेर आफ्नो कुराहरु लेख्नुपर्नेछ। साथै उक्त पोस्टमा चलचित्रको अफिसियल फेसबुक पेजलाई ट्याग गर्नुपर्नेछ ।

प्रतियोगीले सो तस्बिरमा आफ्नो परानका रुपमा बुवा, आमा, बुबाआमा दुबै, श्रीमान, श्रीमती, प्रेमीप्रेमिका, साथी, दाजुभाइ वा दिदीबहिनीमध्ये जोकोहीसँगको फोटो पोस्ट गर्न सक्नेछन् । त्यसरी तस्वीर पोस्ट गर्ने मध्ये १ जनाले लक्की ड्र मार्फत १ लाख रुपैंया जित्ने अवसर प्राप्त गर्नेछन् भने सय जनाले फिल्मको विशेष शोको टिकट पाउने छन् ।

त्यस्तै, निर्माण टिमले ‘परान’को प्रचारमा केही स्वयंसेवकहरु चलचित्रको क्यूआरसहित शहरका विभिन्न भागहरुमा घुम्ने र शो क्रममा क्यूआर स्कान गरी ‘परान’ को ट्रेलर वा गीत सेयर गर्नेलाई चलचित्रका कलाकारसँगै फिल्म हेर्ने अवसर प्रदान गर्ने घोषणा समेत गरेको छ । ५० जना दर्शकलाई यो अवसर दिइनेछ । यो दुबै प्रतियोगितामा रिलिजको एकसाता पछिसम्म अर्थात कार्तिक २० गतेसम्म सहभागिता जनाउन पाइनेछ ।

बुवा र छोराको कथालाई प्रस्तुत गरिएको ‘परान’ को शीर्ष भूमिकामा अभिनेता नीर शाहले अभिनय गरेका छन्। चलचित्रलाई सक्किगोनी फेम दीपकप्रसाद आचार्य (काकु) ले निर्देशन गरेका छन् ।

चलचित्रमा निर शाहसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई, तथा बाल कलाकार आर्यदीप आचार्य, आरभजंग अधिकारीको अभिनय रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *