
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माइतीघर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र गृहमन्त्री ओमप्रकाश अर्यालका समर्थकको मात्रै प्रदर्शनस्थल बनाएको भन्दै आपत्ति जनाएको छ।
माइतीघर मण्डला कुनै एक पक्षका लागि मात्रै बनाउन खोज्नु कानुनी सिद्धान्तमाथिको उपहास भएको उनको बुझाइ छ।
उनले भनेका छन्, ‘माइतीघर मण्डला कुनै एक पक्षका लागि मात्रै होइन सबैका लागि हो। बालेन, सुधन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल बनाउनु कानुनी सिद्धान्तमाथिको उपहास हो।’

Leave a Reply