
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय सुचारु भएको छ ।
जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले च्यासलमा रहेको केन्द्रीय कार्यालय आगजनी गरेपछि पाल टाँगेर कार्यालय सुचारु गरेको एमाले नेता विष्णु रिजालले बताए।
भदौ २४ गते जेनजी आन्दोलनले उग्र रूप लिँदा एमालेसहित अधिकांश पार्टीका केन्द्रीय कार्यालय, शीर्ष नेताहरूको घर आगजनी र तोडफोड भएको थियो।
आन्दोलनको झन्डै डेढ महिनापछि एमालेले पाल टाँगेर सेवा सुरु गरेको हो।
पाल टाँगेर केन्द्रीय कार्यालय सुचारु गर्न आज उपमहासचिव विष्णु रिमाल, नेताहरू भानुभक्त ढकाल, राजन भट्टराईलगायत नेताहरू पुगेका थिए।

Leave a Reply