
काठमाडौं । त्रिचन्द्र क्याम्पसका स्ववियु अध्यक्ष गोविन्द कोइरालाले भारतका लागि नेपाली राजदूत डा.शंकर शर्मालाई भेटेर भारतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुको हकहित र सुरक्षाका विषयमा लिखित ध्यानाकर्षण गराएका छन् ।
भारतीय समकक्षी विद्यार्थी युनियनहरुको निमन्त्रणमा दिल्ली पुगेका कोइरालाले नेपाली विद्यार्थीहरुको अवस्थाका बारेमा बहुपक्षीय छलफलपछि राजदूतलाई ५ बुँदे ध्यानकर्षण बुझाएका हुन् । उनले भारतमा रहेका नेपाली विद्यार्थीहरुको यथार्थ विवरण संकलन गर्न सुझाव समेत दिएका छन् ।
अध्यक्ष कोइरालाले किट कलेज प्रकरणबाट पाठ सिक्दै भारतका विश्वविद्यालयसँग दूतावासले क्लोज कनेक्सन नेटवर्क स्थापना गर्नुपर्ने र सबै विद्यार्थीको सूचना लिएर अनिवार्य विमा गराउन समेत सुझाव दिएका छन् ।
यस्ता छन्,त्रिचन्द्र कलेका स्ववियु अध्यक्ष कोइरालाले दिएका ५ बुँदे सुझाव
१) भारत स्थित विद्यार्थीको तथ्याङ्क र उनीहरूको बसोबासको सत्यता र जानकारी ।
२) सुरक्षाको प्रबन्ध : KIIT मा प्रकृति लम्सालको हत्या प्रकरण जस्ता अनेकौं हिंशा र दुरब्यबाहार भोगेका नेपालका विद्यार्थीको सुरक्षाको लागि दूतावास अन्तर्गत रहने गरी ‘ Close connection network’ स्थापना गर्न तथा सम्झौता गरेर सबै विश्वविद्यालहरुमा ‘ Protective residential policy ‘ को स्थापना गर्ने गराउने।
३) अनिवार्य बीमा तथा अनिवार्य NOC : भारतमा पढ्ने सबै विद्यार्थीको सूचना लिएर सबैलाई अनिवार्य बीमा ( जन, धन तथा स्वास्थ्य) गराउने र अनिवार्य NoC मार्फत आबद्ध गराउने।
४) दुवै देशका विश्वविद्यालय , विद्यार्थी तथा प्राध्यापक बीच Collaboration को लागि सहजीकरण : नेपाल र भारतका विश्वविद्यालय बीच सबै आयाममा Exchange कार्यक्रम गराउन दूतावास स्थित आधिकारिक रूपमा ‘University Channel Wing’ स्थापना गरेर सरकारी मातहत बाटै विद्यार्थी र प्राध्यापकले क्षमता अभिवृद्धि तथा सिकाईका लागि काम सुरु गर्ने।
५) भविष्यको लागि कोष: नेपालमा रहेका विद्यार्थीलाई भारत स्थित प्रख्यात विश्वविद्यालय , Advanced College तथा Research and Technology Advanced क्याम्पसहरूमा वार्षिक रूपमा कम्तीमा (२/३०००) विद्यार्थी भर्ना गर्ने गरी र ती विद्यार्थीले पढाइ पूरा पछि सरकारको Bond मा काम गर्ने गरी अगाडि बढ्न दुवै सरकारको सम्युक्त लगानीमा ‘ Fund For Future’ कोष स्थापना गरी दूतावासले भविष्यका कर्णधार विद्यार्थीको लागि काम गर्ने। यी यस्तै विषय तथा नेपालबाट भारतमा आएका सबै नागरिकको लागि यथाशीघ्र महत्वपूर्ण काम गर्न आग्रह गरे। जय नेपाल।

Leave a Reply