मनसुनी वर्षाले देश छोडेसँगै नेपाल भित्रिए बसाइसराई सर्ने चराहरू (तस्विरहरु)

काठमाडौं । मनसुनी वर्षाले देश छोडे सँगसँगै चिसो हावाको सिरेटो सुरु भएको छ । यो चिसो मौसमसँगै आएका छन् बसाईँ सर्ने चराहरु । बसाइसराई गरी वर्षेनी १०० भन्दा बढी प्रजातिका चराहरु नेपाल आउने गर्छन । त्यसमा पनि धेरैजसो पानी चरा र हाँसहरु हुन्छन । चिल, बाज, फिस्टे, गिद्ध जस्ता अरु चराहरु पनि उपयुक्त मौसम को खोजीमा नेपाल आइपुग्ने गर्छन ।

हालसम्म ९०० भन्दा बढी प्रजातीका चराहरु नेपालमा अभिलेख भएका छन । कयौं प्रजातीका चराहरु नेपालमा बिश्राम मात्र गरेर अन्य देशहरुमा जाने गर्छन भने कर्याङकुरुङ जस्ता अन्य कयौं प्रजातीका चराहरु नेपालमा विश्राम नगरी आकाशबाटै भारततर्फ जाने गर्छन ।

जाडो याममा नेपाल आउने चराहरुले कोशी , कर्णाली, नारायणी, राप्ती, फेवा ताल, जगदिसपुर ताल, घोडाघोडी ताल, बर्जु ताल जस्ता ठुला ठुला नदी र पोखरीहरुमा बस्न रुचाउने गर्छन् । हरेक बर्ष जनावरी महिनामा देश वरिपरीका प्रमुख बासस्थानहरुमा बसाईँ सरेर आउने पनि चराहरुको गणना हुन्छ र लाखौंको सङ्ख्यामा अभिलेख गरिन्छ।

चखेवा, खोया हाँस्, आसिढुँडे, ध्वाँसे फिस्टो, खड्खडे हाँस, सुइरोपुच्र्छे, आदि चराहरु ठुलो सङ्ख्यामा नेपाल आउने गर्छन भने श्वेतमाथा कलहाँस, देवदुत मनितुन्दक, देवहाँस जस्ता चरा भने निकै कम संख्यामा आउने गर्छन् ।

देशका विभिन्न ताल, नदी र स्थानहरु खिचिएका बसाइसराई गरी आएका चराहरू 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *