जेन-जी आन्दाेलनमा प्रहरीबाट लुटिएकाे गाेलीसहित काेटेश्वरबाट २ जना पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा लुटपाट भएको तीन थान गोलीसहित प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी प्रभाग, कोटेश्वरबाट खटिएको टोलीले एम्बुस (आकस्मिक) अपरेसनका क्रममा नरेफाटबाट गोलीसहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बर्दिया, बढैयाताल-३ घर भई काठमाडौंको कपनमा डेरा गरी बस्ने १७ वर्षीय अनिश गिरी र झापा, झिलझिले घर भई काठमाडौंको मालीगाउँस्थित आनन्द भैरव मार्गमा बस्ने १६ वर्षीय सोनम थापा मगर हुन् ।

उनीहरूले जेनजी आन्दोलनका क्रममा दरबारमार्गमा उक्त गोली भेटेको र साथमा लिएर हिंडेको बताएका छन् । त्यहाँबाट लुटिएका हतियारको विषयमा भने उनीहरूले अनविज्ञता प्रकट गरेको प्रहरीस्रोतले जनायो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *