
काठमाडौं । रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।
मुसिकोट खलंगाबाट स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको बोलेरो जिप बाँफीकोट ७ लिस्ने भिरमा दुर्घटनामा ७ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा आठबीसको २ स्यालाका ३० वर्षीया कमला वली , १६ वर्षिय टेकजंग बुढा, १५ वर्षीया कल्पना नेपाल, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका वली , १८ वर्षीया सर्मिला विक र २२ वर्षीय गोपाल वली रहेका छन् ।
यस्तै, घाइते हुनेमा आठबिसकोट–१ की १७ वर्षकी सिर्जना बुढा, १५ वर्षकी सपना नेपाल, १८ वर्षकी जुना बुढा, १७ वर्षकी संगीता बुढा, १९ वर्षकी शान्ति बुढा, १७ वर्षकी अञ्जना ऐरी, २० वर्षकी महिमा ओली, १७ वर्षकी मनिषा थापा, १५ वर्षकी सबिता विक र मुसिकोट–२ का चालक टोपजंग बुढा छन् ।
जुना बुढालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ भने बाँकी नौ जनाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ।

Leave a Reply