रुकुमपश्चिम जिप दुर्घटना : मृतक ७ मध्ये ६ जनाको सनाखत

दाङ । रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने ७ मध्ये ६ जनाको सनाखत भएको छ ।

मुसिकोट खलंगाबाट स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको बोलेरो जिप बाँफीकोट ७ लिस्ने भिरमा दुर्घटनामा भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक हरि पुनका अनुसार आठबीसको २ स्यालाका ३० वर्षीया कमला वली , १६ वर्षिय टेकजंग बुढा,१५ वर्षीया दिलमाया बुढा , १७ वर्षीया मनिका वली , १८ वर्षीया सर्मिला विक र २२ वर्षीय गोपाल वलीको मृत्यु भएको छ ।

थप एकजना मृतक महिलाको सनाखत अझैँ हुन सकेको छैन ।

घाइते १० जनाकै सनाखत हुन सकेको छैन् । उनीहरू सबैको जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा उपचार भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *