
काठमाडौं । अन्तत: गायिका एलिना चौहानले गायक प्रताप दासलाई अमेरिकामा भाइटिका लगाइदिएकी छिन् । पछिल्लो समय यो जोडीबीच अस्वभाविकरूपमा झांगिएको निकटतालाई लिएर उनीहरू अफेयरमा रहेको अफवाह व्याप्त भएको थियो।
सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेका उनीहरूले एक-अर्कासँग लहसिदै दिनहुँ टिकटक भिडिओ बनाएर हाल्न थालेपछि अफेयरको चर्चा बाक्लिएको हो । तर दुवैले यसलाई नकार्दै आफूहरू दाइ र बहिनीको पवित्र नातामा रहेको दावी पटक-पटक गरे। उनीहरूको दावीमा अविश्वास गरेका धेरैले ‘भाइटिकामा हेरौंला’ भन्दै कमेन्ट लेखिरहेका थिए । कतिपयले दाजुबहिनीको पवित्र नातालाई यो जोडीले विकृत बनाइरहेको आरोपसमेत लगाए ।
अन्ततः सबैको मुखमा बुझो लजाउँदै एलिना र प्रतापले भाइटिका लगाएका हुन् । एलिनाले भाइटिका लगाउँदा फेसबुकबाटै लाइभ देखाएकी थिइन् । उनले रितपुर्वक प्रतापलाई टिका लगाएर उपहारसमेत दिइन् । प्रतापले दक्षिणा दिएर एलिनालाई ढोगे ।
टिका लगाइसकेर एलिनाले आफूले जीवनमा पटक पटक अग्निपरीक्षा दिन परिरहेको बताइन् ।
उनले भनिन्, ‘अमेरिकामा समय ढिला भएको कारणले तपाईंहरूको थप एक दिनभरिको टर्चर सहनु परेको थियो ।अब त तपाईंहरूको चित्त बुझ्यो होला नि । तपाईंहरूलाई अग्निपरिक्षा दिनकै लागि म जन्मेको हो यो धर्तिमा । म बाचुञ्जेल यस्तै टर्चर दिइराख्नु है ।’
एलिनाले टीका लगाएको सानो भिडओ पोस्ट गर्दै लेखेकी छन्, ‘दाजुबहिनीको पवित्र सम्बन्धमा पनि दाजुबहिनी हो भनेर प्रमाणित गरिराख्नेपर्ने हाम्रो समाज ।’
एलिना र प्रतापले भाइटिका लगाएपछि धेरैको मुखमा बुझो लागेको छ । कहिले भने अझै शंका गर्न छोडेका छैनन् । अभिनेत्री प्रियंका कार्कीले पनि विगतमा आयुष्मान देशराजलाई भाइटिका लगाएको भन्दै यो जोडीले पनि त्यस्तै नौटंकी गरेको हुन सक्ने उनीहरूको दावी छ ।

Leave a Reply