नगरपालिकाले कर्मचारीलाई तलबसमेत नदिएपछि एमाले कार्यकर्ता सडक बत्ती जोड्दै

सिन्धुली । कमलामाई नगरपालिकाले सडकमा बत्ती नहाले पछि स्थानीय एमाले कार्यकर्ताले आर्थिक संकलन गर्दै सडक बत्ती जडान गरेका छन् ।

एमालेका नगर सचिव कैलाश ढुंगेलले दिएको जानकारी अनुसार १ सय ७५ सडक पोलमा तार, होल्डर र सिएफएल चिम जडान गरिएको हो ।

कमलामाईको साविक ९, १०, ११, १२, १३ र १४ वडामा सडक बत्ती जडान गर्ने तयारी गरिएपनि दुई वटा वडामा काम बाँकी रहेको र बाँकी काम तिहारपछि गरिने सचिव ढुंगेलले बताए ।

नगरपालिका अस्तव्यस्त

कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई नगर प्रमुख उपेन्द्र पोखरेलले धाकधम्की दिएपछि प्रशासकीय अधिकृत त कार्यालय जान सकेका छैनन् नै, त्यसको मारमा अन्य कर्मचारी पनि परेका छन् ।

उनीहरुले असोज महिनाको तलब पाएका छैनन् । यस विषयमा नगर प्रमुख पोखरेलसँग बुझ्न खोज्दा फोन उठाएनन् । कर्मचारीको साउन, भदौ र दशैं पेश्कीमात्र भुक्तानी भएको थियो ।

नगर प्रमुख पोखरेल सिन्धुली कांग्रेसका सभापतिसमेत हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *