दशैं–तिहार मनाउन अमेरिकाबाट आएका छोरा बुहारीमाथि बाबुले गरे खुकुरी प्रहार

काठमाडौं । अमेरिकाबाट दशैं-तिहार मान्न आएका छोरा बुहारीलाई बाबुले खुकुरी प्रहार गरेका छन् ।

कागेश्वरी मनहरा नगरपालिका- ५, थलीस्थित भीमबारी टोलमा बुधबार विहान यस्तो घटना भएको हो । जिल्ला प्रहरी प्रवक्ता एसपी पवन भट्टराईका अनुसार ५३ वर्षीय विष्णु उप्रेतीले घरायसी विवादका क्रममा खुकुरी प्रहार गरेका हुन् ।

खुकुरी प्रहारबाट ३२ वर्षीय छोरा रुविस उप्रेती र बुहारी मनिता भण्डारी घाइते छन् । रुविसको बायाँ हातका चार औंला काटिनुका साथै दाहिने खुट्टाको घुडामा चोट लागेको प्रहरीले जनाएको छ । बुहारी मनिताको दाहिने हातको कुममा चोट लागेको छ ।

आक्रमण गर्ने बुबा उप्रेती प्रहरी वृत्त, बौद्धअन्तर्गत गोकर्ण प्रभागको हिरासतमा छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *