बालुवाटार बैठकमा रास्वपाको माग: निर्वाचन आयोग पुनर्गठनदेखि संविधान संशोधनसम्म

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार राखेको राजनीतिक दलसँगको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगबाट राजनीतिक छाया हट्नुपर्नेदेखि संविधान संशोधनसम्मका माग अघि सारेको छ । रास्वपाका तर्फबाट उपसभापति डा. स्वर्णिम वाग्ले र केन्द्रीय सदस्य सोविता गौतम बैठकमा सहभागी थिए ।

रास्वपाले पछिल्लो राजनीतिक अवस्था, भदौ २३ २४ गतेको जेनजी आन्दोलनमा घटेका घटना, सरकार गठन र फागुन २१ गते तय भएको प्रतिनिधिसभाको निर्वाचनका विषयमा आफ्नो धारणा राखेको थियो । वाग्ले र गौतमले जेनजी आन्दोलनपछि प्रतिनिधिसभाको वैधता सकिएको निष्कर्ष निकाल्दै ‘ताजा जनादेश’ माग्ने पहिलो राष्ट्रिय दल रास्वपा भएको बताए ।

रास्वपा विरुद्ध ११ महिना षडयन्त्र गर्ने निर्वाचन आयोगबाट दलीय छाया हट्नुपर्ने नेताद्वयको भनाइ थियो । उनीहरूले विदेशमा रहेका नेपालीहरूको मतदानका लागि सार्थक कूटनीतिक–प्राविधिक पहल गर्नुपर्नेमा जोड दिए ।

सुशीला कार्की नेतृत्वको सरकारप्रति रास्वपाको समर्थन र शुभेच्छा रहेको तर यो नि:शर्त र अनन्तकालसम्म रहन नसक्ने उनीहरूले स्मरण गराएका थिए ।

प्रतिसोधको राजनीतिविरुद्ध सरकार उभिएको देखिनुपर्नेमा उनीहरूले जोड दिए । संविधान संशोधनको कार्यसूची बनाउनका लागि विश्वसनीय उच्चायोग बनाउनुपर्ने माग गरे ।

यस्ता छन् बालुवाटार बैठकमा रास्वपाका तर्फबाट उपसभापति वाग्ले र केन्द्रीय सदस्य गौतमले राखेका ५ बुँदे धारणा:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *