बालुवाटारमा सर्वदलीय बैठक सुरु, को- को छन् सहभागी ?

काठमाडौं। आगामी निर्वाचनको तयारीका विषयमा छलफल गर्न बोलाइएको सर्वदलीय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठक सुरु भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा विभिन्न राजनीतिक दलका नेताहरु सहभागी छन् ।

निर्वाचन तयारीको विषयमा जारी छलफलमा राष्ट्रिय मान्यताप्राप्त दलका साथै निवर्तमान संसदमा प्रतिनिधित्व गर्ने थप दलका प्रतिनिधिहरू पनि सहभागी भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

छलफलमा नेपाली कांग्रेसबाट गगन थापा र प्रकाशशरण महत, नेकपा (एमाले)बाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला,राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्त पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल, र जनमत पार्टीबाट चन्दन सिंह सहभागी भएका छन् । त्यस्तै

केदारभक्त माथेमा र विद्याधर मल्लिकले पर्यवेक्षकका रूपमा सहभागी भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *