
काठमाडौं । आगामी निर्वाचनको तयारीका विषयमा बालुवाटारमा राजनीतिक दलहरूसँग संयुक्त बैठक बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको छलफलमा राष्ट्रिय मान्यताप्राप्त दलका साथै निवर्तमान संसदमा प्रतिनिधित्व गर्ने थप दलका प्रतिनिधिहरू पनि सहभागी हुँदैछन्। प्रधानमन्त्री सचिवालयका अनुसार छलफल सवा ४ बजे सुरु हुने जनाएको छ ।
संवादमा नेपाली कांग्रेसबाट गगन थापा र प्रकाशशरण महत, नेकपा (एमाले)बाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला,राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्त पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल, र जनमत पार्टीबाट चन्दन सिंह सहभागी हुनेछन्।
केदारभक्त माथेमा र विद्याधर मल्लिकले पर्यवेक्षकका रूपमा सहभागी हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ । फागुन २१ गते प्रतिनिधिसभाकाे निवार्चन ताेकिएसँगै अन्तरिम सरकार चुनावकाे तयारीमा जुटेकाे छ ।

Leave a Reply