पूर्वमन्त्रीको घरबाट ६४ लाखको सुनचाँदी चोर्नेले ३० हजार धरौटी तिर्न सकेनन्, जेल चलान

ललितपुर । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको घरबाट ६४ लख बराबरको सुनचाँदी चोरेको आरोप लागेका दुई जनाले ३०-३० हजार धरौटी तिर्न सकेनन् । उनीहरू जेल चलान भएका छन् ।

जेनजी आन्दोलनका क्रममा पूर्वमन्त्री कार्कीको घरमा चोरी भएको थियो । कार्की आफैंले उपद्रव र डाँका-चोरीको कसुरमा दिएको जाहेरीका आधारमा उदयपुर जिल्ला, कटारी नगरपालिका–७ रिस्कु घर भई ललितपुर धापाखेल बस्दै आएका २९ वर्षीय सुजन सेवा र महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–६ घर भई सोही ठाउँमा बस्ने ३० वर्षीय सञ्जय परियार पक्राउ परेका थिए ।

प्रहरी अनुसन्धानपछि जिल्ला अदालत, ललितपुरमा पेश भएका थिए । अदालतले उनीहरूलाई जनही ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दियो । दुबैले धरौटी बुझाउन सकेनन् । उनीहरू नख्खु कारागार चलान भएको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी होविन्द्र बोगटीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *