कोशी तालिम केन्द्रका इन्स्पेक्टर ऋषिराज ढकाल उत्कृष्ट प्रशिक्षक पुरस्कारबाट सम्मानित

विराटनगर । कोशी प्रदेश प्रहरी तालिम केन्द्र, रानी, विराटनगरमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) ऋषिराज ढकाललाई सम्मान गरिएको छ।

प्रहरी दिवसको अवसरमा विशेष समारोहबीच ढकाललाई ‘उत्कृष्ट आन्तरिक प्रशिक्षक पुरस्कार’ प्रदान गरिएको हो।

ढकाललाई कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्दै उनको योगदानको कदर गरे।

प्रशिक्षणसँगै ढकाल अपराध अनुसन्धानको क्षेत्रमा पनि अब्बल प्रहरी अधिकृतका रूपमा चिनिन्छन्। प्रहरी निरीक्षक ढकालले यो सम्मानले आफूलाई अझ प्रेरणा मिलेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *