डोटीमा ९ वजेपछि देउसी, भैलो खेल्न निषेध

डोटी । जिल्ला प्रशासन कार्यालय, डोटीले राती ९ वजेसम्म मात्रै देउसी भैलो खेल्न जिल्लाबासीलाई अनुरोध गरेको छ । कार्यालयले एक विज्ञप्ती जारी गर्दै जिल्लावासीलाई तिहारको बेला सुरक्षित रहन समेत अनुरोध गरेको छ

‘जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनगर गरी देउसी, भैलो, नाँचगान लगायतका साँस्कृतिक कार्यक्रमहरु मर्यादित, अनुशासित एवं व्यवस्थित ढङ्गले बेलुकी ९ बजेसम्म मात्र सञ्चालन गर्ने’ विज्ञप्तीमा उल्लेख छ। तिहार तथा छठ पर्व मनाउने क्रममा कसैको ईच्छा विपरित हुने गरि असोभनीय कार्य नगर्न समेत प्रशासनले सचेत गराएको छ ।

मादक पदार्थ सेवन गरी सार्वजनिक स्थलमा भीडभाड, हो-हल्ला तथा हुलदङ्गा गर्न नहुने विज्ञप्तीमा उल्लेख छ । आतिसवाजी, पटाका, भुईचम्पा, जस्ता बिष्फोटक तथा प्रज्वलनशील पदार्थको ओसारपसार, बिक्री बितरण, ढुवानी र प्रयोग नगर्न समेत प्रशासनले अनुरोध गरेको छ।

‘तिहारको समयमा दियो, मैनवत्ति, एवं विद्युतीय उपकरण  प्रयोग गरी दिपावली मनाउँदा आगलागी जस्ता विपद्का घटना हुन सक्ने भएकाले यस्ता कार्यहरुमा होसियारी अपनाउनु होला’ प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भोजवहादुर ऐडीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

‘अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सृजना गर्ने, कालोवजारी, मृल्यबृद्धि, म्याद नाघेको वस्तु, अखाद्य रङ्ग मिसाईएका मिठाई र गुणस्तरहीन खाद्य वस्तुहरुको बिक्री–बितरण गर्ने लगायतका उपभोक्ताको हकहित बिपरितका कार्यहरु नगर्ने नगराउने ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

चाडपर्वको वहानामा धार्मिक, जातीय वा सामाजिक सद्भाव खलल् पुग्ने कुनै पनि गतिबिधि नगर्न नगराउन पनि प्रशासनले अनुरोध गरेको छ । गैरकानुनी रुपमा चिट्ठा, जुवासात, लंगुरवूर्जा जस्ता खेल खेल्ने वा खेलाउने कार्य नगर्न उर्दी गरिएको छ ।

यस्तै, सवारी साधनमा क्षमता भन्दा बढी यात्रु नबोक्ने, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउने, तोकिएको भाडादर भन्दा बढी नलिने, ट्राफिक नियम पालना गर्ने/गराउने बिषयमा समेत प्रशासनले सवैलाई सचेत गराएको छ । यात्रुहरुलाई कुनै सहयोग आवश्यक परे वा गुनासो भएमा नजिकको सुरक्षाकर्मी वा ट्राफिक प्रहरी वा यात्रु सहायता कक्षमा सम्पर्क गर्न भनिएको छ ।

स्वतन्त्र पूर्वक खुशीका साथ दिपावली र छठ पर्व मनाउन सर्वसाधारणलाई आग्रह गर्दै प्रशासनले भनेको छ ‘कानुन विपरितका गतिबिधि कहिकतै भए गरेमा नजिकको सुरक्षा निकायमा जानकारी गराई दिनु हुनका साथै यस सूचना बिपरितका कार्यहरु गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारवाही हुने व्यहोरा समेत सूचित गराईन्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *