‘अब जाग्नु पर्छ’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । हेम सरिता पाठक फाउन्डेसनले एक कार्यक्रम आयोजना गर्दै ‘अब जाग्नु पर्छ’ म्युजिक भिडियो सार्वजनिक गरेको छ ।

फाउन्डेसनका अन्तर्राष्ट्रिय अध्यक्ष जेनी पाठकको अध्यक्षतामा आयोजित सो कार्यक्रममा लोकार्पित ‘अब जाग्नु पर्छ’ म्युजिक भिडियोको गीत फाउन्डेसनका प्रमुख संरक्षक गीतकार हेम पाठकले लेखेका हुन् भने सो गीतको संगीत एवं गायन बी बी अनुरागी र शिशिर योगीले गरेका हुन् ।

कार्यक्रममा बोल्दै फाउन्डेसनका अन्तर्राष्ट्रिय अध्यक्ष जेनी पाठकले जेन जी आन्दोलनमा सहादत प्राप्तहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भ्रष्टाचारको विरुद्ध सबै चनाखो हुनुपर्ने बताउँदै आगामी निर्वाचनमा भ्रस्टाचारीलाई भोट हाल्न नहुने बताइन् ।

कार्यक्रममा फाउन्डेसनका दुत वरिष्ठ कलाकार किरण के.सी., लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली, गीतकार एवं समाजसेवी शोभित उप्रेती, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी, प्रा.डा.गोविन्दमान सिंह कार्की, लगायत विभिन्न संस्थाका प्रतिनिधिहरु, पत्रकार, साहित्यकार र अभियन्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *