राष्ट्रिय जेनजी पार्टीसहित ३ दल दर्ताका लागि आयोगमा निवेदन

काठमाडौं । राष्ट्रिय जेनजी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । हिराप्रसाद सेती उर्फ किरण बिक अध्यक्ष प्रस्ताव गर्दै दल दर्ताका लागि आइतबार आयोगमा निवेदन दर्ता भएको हो ।

उक्त दलको उपाध्यक्षमा मुना बिक, महासचिवमा गोपाल आचार्य, सचिवमा मोहम्मद आयतुल्ला रहमान र सञ्जु नेपाली प्रस्ताव गरिएको छ । उक्त दलसहित आइतबार ३ दल दर्ताका लागि निवेदन दर्ता भएको आयोगले जनाएको हो ।

जसमा गोपीलाल न्यौपाने अध्यक्ष रहनेगरी नेपाल लिबरल पार्टी र अजयकुमार राई अध्यक्ष रहनेगरी राष्ट्रिय परिवर्तन पार्टी दर्ताका लागि निवेदन पेश भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *