महासचिव राईलाई गरिएको निलम्बन आधिकारिक होइन : एन्फा प्रवक्ता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले महासचिव किरण राईलाई गरिएको निलम्बन आधिकारिक नभएको दाबी गरेका छन् ।

प्रवक्ता शाहले प्रेस विज्ञप्ति जारी गर्दै सङ्घका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले कार्यवाहक अध्यक्ष भन्दै महासचिव राईलाई गरिएको निलम्बन आधिकारिक नभएको उल्लेख गरेका हुन् ।

‘एन्फाको सचिवालयलाई कुनै आधिकारिक जानकारी समेत नभएको र उक्त दुवै पत्रहरू एन्फा कार्यालय बाट प्रेषित नभएको साथै उक्त पत्र दर्ता, चलानी, संस्थाको छाप सङ्घको आधिकारिक नभएको जानकारी गराउँदछु’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

वरिष्ठ उपाध्यक्षलाई सङ्घको विधान लगायत अन्य कुनै कानुनी व्यवस्था तथा अधिकार समेत नभएको प्रवक्ता शाहले बताए ।

साधारण सभा र कार्यसमितिको म्यान्डेट समेतलाई बेवास्ता गर्दै सङ्घको विधान, विधि र पद्धति विपरीत काम गरेको भन्दै खड्काले कार्यवाहक अध्यक्ष रूपमा आइतबार महासचिव राईलाई निलम्बन गरेका थिए ।

राईलाई सोधिएको स्पष्टीकरणको जवाफ नदिएको भन्दै कार्यवाहक अध्यक्ष खड्काले अर्को कार्यसमिति बैठकसम्मका लागि राईलाई निलम्बन गरिएको खड्काले उल्लेख गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *