
काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले कांग्रेसको अगुवाइमा राजसंस्थासहित सर्वपक्षीय भेलाबाट अहिलेको समस्याको समाधान खोज्नुपर्ने प्रस्ताव राखेका छन् ।
काठमाडौंमा पत्रकार सम्मेलन गरेर दलहरूलाई निषेधको नीति अपनाइएको बताए ।
उनले भने, ‘लोकतन्त्रको नाममा राजनीतिक दललाई एनजिओद्वारा विस्थापित गर्न प्रपञ्च हुँदै छ । यसले लोकतन्त्र, राष्ट्रियता र सार्वभौम सत्तामा खतरा उत्पन्न गरिरहेको छ । हामीले पाठ सिकेर राजनीतिक दलहरूले निषेधको राजनीति त्यागेर सहकार्य गरेर अघि बढ्नुपर्छ । राजसंस्थालगायत परम्परागत शक्ति, राजनीतिक दल, जेन-जी आन्दोलनका फरक मत राख्ने सबै शक्तिहरूलाई समेटेर सर्वपक्षीय संवादको आवश्यकता छ ।’
सर्वपक्षीय भेला गरेर समाधान निकाल्न ढिला गर्न नहुने उनको भनाइ छ ।

Leave a Reply