
काठमाडौं । समस्त भोजपुरेहरूको साझा सामाजिक संस्थाका रूपमा २०४२ सालदेखि क्रियाशील रहँदै आएको भोजपुरे सेवा समाज, काठमाडौं पुनर्गठन गरिएको छ ।
समाजको अध्यक्षमा हरि के. राई चयन भएका छन् । हालै सम्पन्न समाजको ३३औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनबाट राईको अध्यक्षतामा समाज पुनर्गठन गरिएको हो ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा हेमाकुमारी अधिकारी, नारायणप्रसाद न्यौपाने, रुद्रप्रसाद राई, उषा राई, प्रजुना चौहान, महासचिवमा शशी लुमुम्बू, सचिवमा दिलिपकुमार राई, सन्तोष सेन्चुरी र कोषाध्यक्षमा नयन थापा चयन भएका छन् ।
भानुभक्त न्यौपाने, अर्जुन न्यौपाने, जगत्मान योगी, अनन्त राई, कृष्णबहादुर मगर, पासाङ शेर्पा, नवीनकुमार राई, शान्ति राई, दीपक राई र उत्तम शर्मा धिमाल सदस्य चयन भएका छन् ।
शनिबार सम्पन्न नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकमा समाजका निवर्तमान अध्यक्ष पासाङदोर्ची शेर्पाले नवनिर्वाचित अध्यक्ष राई र सम्पूर्ण समितिलाई बधाई तथा शुभकामना दिँदै समाजका दस्तावेजहरू हस्तान्तरण गरे ।


Leave a Reply