जेनजी आन्दोलनका १२ घाइतेलाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी पौडेलले अस्पतालमै पुगेर भेटे

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिमध्ये हाल १२ जना काठमाडौँ जिल्लाका विभिन्न अस्पतालमा उपचाररत छन् । ती घाइतेमध्ये अधिकांशको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको जनाइएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले ती सबै घाइतेलाई अस्पतालमै पुगेर भेट गरेका छन् । उनले उपचाररत व्यक्तिको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको शुभकामना व्यक्त गरेका हुन् ।

सीडीओ पौडेलले आन्दोलनका क्रममा घाइते भएका नागरिकको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताल प्रशासनलाई निर्देशन समेत दिएका छन् ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सुरक्षा निकाय र प्रदर्शनकारीबीच झडप हुँदा धेरै व्यक्ति घाइते भएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *