
काठमाडाैं । आजबाट प्रदर्शनमा आएको चलचित्र ‘जेरी अन टप’ले करोडमाथि ग्रस कलेक्सन गरेको वितरक करण श्रेष्ठ क्रेजीले दाबी गरेका छन् । उनका अनुसार आज बिहानैदेखि चलचित्रका शोहरु हासउफुल छन् ।
क्रेजीले भने, ‘करिब २३० शो सहित चलचित्र प्रदर्शनरत छ । रातिको शोहरु पनि हाउसफुल छन् । मैले ठ्याक्कै हिसाब त गरेको छैन, दिनभरि हलहरुमा दौडिएको दौडिएकै छु । तर, मेरो अनुमान र अनुभवका आधारमा भन्ने हो भने चलचित्रले आज करोडमाथि ग्रस कलेक्सन गरेको छ ।’
चलचित्रको अकुपेन्सी अहिले ८० प्रतिशतभन्दा माथि रहेको क्रेजीले बताए । तथापि चलचित्रको साख कलेक्सन रिपोर्ट चलचित्र विकास बोर्डसँग छ । बोर्डले सार्वजनिक गरेपछि नै वास्तविक कलेक्सन बाहिर आउनेछ ।
चलचित्रमा अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा, भुवन केसी लगायत कलाकारको अभिनय छ । चलचित्रको निर्देशन सुयोग गुरुङले गरेका हुन् ।

Leave a Reply