यस्तो छ दुई विकल्पसहित गगनले अघि सारेको नियमित महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १५ औं महाधिवेशन मंसिरको २७ देखि २९ सम्म गर्न दुई विकल्पसहितको प्रस्ताव राखेका छन् । जारी केन्द्रीय समिति बैठकमा विकल्पसहित नियमित महाधिवेशनको कार्यतालिका प्रस्ताव राखेका हुन् ।

महाधिवेशन गर्न सदस्यता वितरण र व्यवस्थापनका लागि १६५ वटै क्षेत्रमा १५ दिनको लागि केन्द्रबाट अधिकारसम्पन्न आवासीय प्रतिनिधि खटाउने प्रस्ताव छ ।

यस्तो छ उनको प्रस्ताव

१. १४ औं महाधिवेशनमा भाग लिएका पार्टी कार्यालयमा भएको सदस्यता व्यवस्थापन तथा अभिलेख प्रणालीमा प्रविष्ट भैसकेका क्रियाशील सदस्यहरु (८७०४२० जसमा जनसम्पर्क समितिका १९५९२), १४ औँ महाधिवेशनपछि क्रियाशील सदस्यता प्रदान गर्ने भनी निणर्य भए अनुसार स्वीकृत गरी नवीकरण भएका (१३९१७) र १४औं महाधिवेशनमा जिल्लाबाट नवीकरण छुट भइ केन्द्रबाट नवीकरण भएका (१३३२६) तथा केन्द्रबाट विधान बमोजिम प्रदान गरेका १४९ सदस्य समेत जम्मा ८ लाख ९७ हजार ८ सय १२ मध्ये यस कार्यवधिमा मृत्यु भएका र पार्टी परित्याग गरेका बाहेक सबै क्रियाशील सदस्यहरू र माथि उल्लेखित समयमा नयाँ क्रियाशील सदस्यता लिएका सबैलाई १५औं महाधिवेशनको प्रयोजनको लागि क्रियाशील सदस्यको रुपमा मान्यता दिने। यसले समयमा नै महाधिवेशन सम्पन्न गर्ने प्रक्रियालाई थप सहज बनाउनसक्छ।

२. पार्टीको आमूल सुधार गर्न, सदस्यता खुला र प्रक्रिया सहज बनाउदै निर्णय प्रक्रियामा आम सदस्यको निर्णायक स्थान हुनेगरी क्रियाशील सदस्यहरूको प्रत्यक्ष मतदानबाट सिधै नेतृत्व चयन गर्ने व्यवस्था गर्ने। यसको लागि केन्द्रीय कार्यसमितिले विधानको धारा २२ (२) बमोजिम आवश्यक निर्णय गर्ने।

३. १४औं महाधिवेशन २०७८ पौष ६ मा सम्पन्न भएको हुँदा २०८२ मंसिर २७–२९ मा १५औं केन्द्रीय महाधिवेशनका लागि प्रस्तावित माथीको कार्यतालिका अनुसार काम गर्ने क्रममा व्यवहारिक कठिनाई भएमा ढिलोमा पुस पहिलो हप्तासम्म सम्पन्न गर्नेगरी कार्यतालिका परिमार्जनका लागि छलफल गर्न सकिन्छ ।

४. अहिले विशेष र असामान्य परिस्थिति भएको हुँदा महाधिवेशनको विकल्प नरहेकोले माथी प्रस्ताव गरेका सबै विकल्प र कार्यतालिकामा उल्लेखित समयभित्र विधानको धारा १७(१) बमोजिम नियमित महाधिवेशन नगर्ने हो र गर्न नसकिने भन्ने हो भने यही केन्द्रीय कार्यसमितिको बैठकबाट विधानको धारा १७(२) मा भएको व्यबस्था अनुसार २०८२ मंसिर मसान्तभित्र विशेष केन्द्रीय महाधिवेशनको सुनिश्चित गर्ने।

५. सदस्यता वितरण र व्यवस्थापनका लागि १६५ वटै क्षेत्रमा १५ दिनको लागि केन्द्रबाट अधिकारसम्पन्न आवासीय प्रतिनिधि खटाउने।

यस्ताे छ गगनकाे प्रस्ताव:

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *