
काठमाडौं । बीमा कम्पनीहरूले जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको दुई अर्बभन्दा बढी बीमा दाबी गरेको छ । निर्जीवन बीमा कम्पनीहरूले कूल दाबी रकममध्ये २ अर्ब १ करोड ९८ लाख रुपैयाँ बीमितहरूलाई भुक्तानी गरेका हुन् ।
बीमा प्राधिकरणका अनुसार विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा ३ हजार १६६ वटा बीमा दाबी परेका छन् । जसमा २३ अर्ब २० करोड ९१ लाख रुपैयाँ दाबी रकम रहेको छ ।
आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीको मूल्याङ्कन एवम् अनुगमनका लागि २ हजार ७९१ वटा दाबीका लागि सर्भेवर खटाइएको थियो । सर्भेवरहरूले हालसम्ममा ६५४ को सङ्ख्यामा सर्भे प्रतिवेदन पेश गरेको जनाएका छन् ।
नेपाल पुनर्बीमा कम्पनीमा निर्जीवन बीमा कम्पनीहरूबाट कूल २ हजार ७३३ वटा पुनर्बीमा दाबी परेको र पुनर्बीमा दाबी रकम करिब १५ अर्ब ७६ करोड ४३ लाख रहेको छ । पुनर्बीमा कम्पनीले हालसम्ममा करिब १ अर्ब ६३ करोड ३५ लाख अग्रिम (पेस्की) भुक्तानी निर्जीवन बीमा कम्पनीहरूलाई दिएको छ।

Leave a Reply