यस्ता छन् विहीबारकाे मन्त्रिपरिषद् बैठकले गरेका २० निर्णय (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक वित्त व्यवस्थापन परियोजनाको लािग विश्व बैंकको व्यवस्थापनमा मल्टिडोनर ट्रष्ट फण्डबाट प्राप्त हुने १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।

बैठकले विद्युत उत्पादन, प्रसारण र वितरण लगायतका विभिन्न आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने र त्यसको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *