ओलीलाई गोकुलको आग्रह- २ कार्यकालको एजेन्डा तपाईँकै हो, विद्याको सदस्यता नरोक्नुस्

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता रोक्न नमिल्ने बताएका छन् । जारी केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्दै पार्टी नेतृत्वमा दुई कार्यकालको व्यवस्था अध्यक्ष केपी ओलीले नै लडेर ल्याएको अब छाड्न उचित हुने बताए ।

उनले भने, ‘२ कार्यकाल ओलीले आफैँले लडेर राखेको व्यवस्था भएकाले त्यसमा जानुपर्छ, विद्या भण्डारीको सदस्यता हिजो किन रोकेको ? अध्यक्षले किन रोकेको ? विद्याको सदस्यता रोकेकोमा हिजो पनि मेरो असहमति थियो आज पनि असहमति हो । महाधिवेशन आइसकेको हुनाको अब नेतृत्वको त्यहीँ छिनोफानो हुन्छ । २ कार्यकाल तपाईँले लडेर विधानमा राखेको हो, त्यसमा अडिनुस् ।’

उनले संसद् विघटनको प्रसङ्ग पनि कोट्याएका छन् ।

उनले थपे, ‘भारत र चीनले किन समर्थन गरे ? ६ पटक संसद् खोसियो, ३ पटक हामीले हाम्रो विघटन असफल भयो, जनतामा जाँदा के लिएर जाने ? पार्टीभित्र के गर्ने ? सरकारले थाहा नपाउनु कमजोरी हो, थाहा पाएको भए रोकथाम गर्न नसक्नु कमजोरी ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *