
काठमाडौं । पूर्वअभिनेत्री जिया केसी आफ्नो जीवनमा पहिले नै आएको भए अन्य सम्बन्धहरु नै नबन्ने अभिनेता भुवन केसीले बताएका छन् । एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै विजया मल्ल केसी वा सुस्मिता बमजन केसीभन्दा अगाडि जिया केसी आएको भए डिभोर्स समेत नहुने बताएका हुन् ।
भुवनले भनेका छन्, ‘जिया जी मेरो जीवनमा पहिले आउनुभएको भए मेरो दोस्रो या तेस्रो बिहे हुन्नथ्यो । मान्छेले भुवन केसीको यस्तो भयो भन्ने वातावरण नै बन्दैन थियो होला ।’
उनले सम्बन्ध राम्रो भएर कोही पनि नछुट्टिने बताएका छन् । आफूले जीवनमा एउटापछि अर्को सम्बन्ध होला भनेर कल्पनै नगरेको समेत बताएका छन् । तर, जिन्दगीमा नचाहेका कुराहरु धेरै हुने गरेको बताए । सम्बन्धमा दरार आएपछि नै श्रीमान् श्रीमती छुट्टिने केसीको अनुभव छ ।
विजया र सुस्मितासँग डिभोर्स गरेका भुवन आठ वर्षदेखि जिया केसीसँग सम्बन्धमा छन् । उमेरले उनी ६९ वर्षका भइसके । अहिले भुवन केसी र उनका छोरा अनमोल केसी अभिनीत चलचित्र ‘जेरी अन टप’ हलहरुमा प्रदर्शनरत छ ।

Leave a Reply