कांग्रेस केन्द्रीय समितिमा नेवि संघका केन्द्रीय सदस्यहरूले बुझाए ६ बुँदे माग

काठमाडाैं । नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिका सदस्यहरूले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिसमक्ष ६ बुँदे माग राखेका छन् ।

बिहीबार सानेपास्थित पार्टी कार्यालयमा नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय कार्यसमितिका सदस्यहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई आफ्ना ६ बुँदे मागपत्र बुझाएका हुन् ।

जेनजी आन्दोलन र जनलहरको भावनालाई कदर गर्दै संस्थागत रूपमा निर्णय गरी आफूलाई परिमार्जित गर्दै अगाडि बढ्न केन्द्रीय सदस्यहरूले माग राखेका छन् ।

नेपाल विद्यार्थी संघको प्रस्तावित विधान परिमार्जनसहित नेविसंघ केन्द्रीय कार्यसमितिलाई हस्तान्तरण गरिनुपर्ने र विधान बमोजिम अधिवेशनका सुनिश्चितता गरिनुपर्ने विशेष मागसहित कार्यवाहक सभापतिलाई मागपत्र बुझाएको नेविसंघ केन्द्रीय सदस्य राजेश कुमार श्रेष्ठले बताए ।

वर्तमान समयमा देखापरिरहेको निराशा, अलमल र राजनीतिक वितृष्णाले जेनजी आन्दोलनको अवस्था सिर्जना गरेको भन्ने कुरा बुझ्नुपर्ने श्रेष्ठको भनाइ छ ।

अबका दिनमा नेपाली कांग्रेसमा युवाहरूको आकर्षण र भरोसाका पार्टी बनाइ आमजनतामा नेपाली कांग्रेसले विश्वास जित्नुपर्ने आवश्यकता रहेको समेत उनले बताएका छन् ।

त्यस्तै, युवाहरूलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा समावेश गराइ जेनजी आन्दोलनको मर्मलाई संस्थागत रूपमा नै समावेश गर्नुपर्ने समेत माग राखेका छन् ।

विद्यार्थीहरूको आवाजलाई बेवास्ता गरिएमा चरणबद्ध र सशक्त रूपमा आन्दोलनमा नै उत्रन बाध्य हुने श्रेष्ठले बताए । यसका साथै आन्दोलनको सम्पूर्ण जिम्मेवारी स्वयं पार्टीका पदाधिकारीले बहन गर्नुपर्ने उनको भनाइ छ ।

यस्ता छन् केन्द्रीय कार्यसमितिसमक्ष राखेका माग:

– नेपाल विद्यार्थी संघको प्रस्तावित विधान परिमार्जनसहित नेविसंघ केन्द्रीय कार्यसमितिलाई हस्तान्तरण गरिनुपर्ने र विधान बमोजिम अधिवेशनका सुनिश्चितता गरिनुपर्ने ।

– पार्टीको तर्फबाट अवसर पाएका र लाभको पद धारण गरेका विभिन्न तह र तप्कामा रहेका सबैको सम्पत्ति विवरण बुझाउनुपर्ने र शंकास्पद व्यक्तिहरूको छानबिन गरिनुपर्ने ।

– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा युवाहरूको सम्मानजनक उपस्थितिको सुनिश्चितता गरिनुपर्ने ।

– आम निर्वाचनमा ४० प्रतिशत युवाहरूको उम्मेदवारी सुनिश्चित गरिनुपर्ने ।

– जेनजी पुस्ताको माग र आन्दोलनको मर्म संस्थागत गर्दै पार्टीको विभिन्न तहमा जेनजी समूहको सहभागिता सुनिश्चित गरिनुपर्ने । ६० नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको प्रत्येक जिम्मेवारीमा रहनु भएका नेतृत्व पदेन महाधिवेशन प्रतिनिधि नरहने व्यवस्था सुनिश्चित गरिनु पर्ने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *