कांग्रेसले भन्यो- विशेष महाधिवेशन पार्टीको एजेन्डामा छैन, बैठकले नियमितकै मिति तोक्छ

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विशेष महाधिवेशन पाटीको एजेन्डा नै नभएको बताएका छन्।  बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नियमित महाधिवेशन नै अगाडि बढाउनेमा पार्टीको जोड रहेको बताए।

उनले भने, ‘विशेष महाधिवेशनको कुरा बैठकमा उठेको छ। महामन्त्री र कार्यवाहक सभापतिले पनि बैठकलाई जानकारी गराउनुभएको छ। तर हाम्रो एजेन्डामा विशेष महाधिवेशन छैन, नियमित महाधिवेशन नै अगाडि बढाउने, कहिलेसम्म गर्न सकिन्छ भन्नेबारे बैठकले टुङ्ग्याउँछ।’

उनले अहिलेसम्म बैठकमा कार्यतालिका प्रस्ताव नभएको पनि बताए। आजको बैठकमा ७ जनाले बोलेको र भोलि ११ बजेदेखि बस्ने पनि बताए।

बैठकको प्रारम्भमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा बैठकलाई जानकारी गराएका थिए भने महामन्त्री गगन थापाले विभिन्न प्रस्ताव प्रस्तुत गरेका थए।

बैठकमा डा. शेखर कोइराला, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कण्डेल, शिवप्रसाद हुमागाँइ, राजीव कोइराला, गुरू बराल र नृपबहादुर वडले आ–आफ्नो धारणा राखेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *