
काठमाडौं । हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले राष्ट्रिय लघुत्तम् चलचित्र महोत्सवमा उत्कृष्ठ प्रथम लघु चलचित्र ‘संगिनी’ र उत्कृष्ठ निर्देशकमा ‘कलर अफ टी’का निर्देशक राज सरगम भएका छन् ।
बिहिबार राष्ट्रिय नाचघरमा रेडियो नेपालका प्रथम गायक रंगकर्मी, अभिनेता तथा गीतकार स्वर्गीय हरिप्रसाद रिमालको १०१ औँ जन्मजयन्तीको अवसरमा हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले आयोजना गरेको हो ।
महोत्सवुमा नौ लघु चलचित्र प्रतिश्पर्धी थिए। प्रतिष्ठानका सदस्य सचिव सम्राट सापकोटाका अनुसार दुई दर्जन लघु चलचित्रमध्ये प्रतिष्पर्धाका लागि नौ चलचित्र छानिएको हो। उनले भने, ‘गुर हरिप्रसाद रिमाल अभिनेता पनि भएकाले छोटो चलचित्रको महोत्सव पनि आयोजना गरिएको हो ।’
उत्कृष्ठ तीन चलचित्रमा विनोद लोहार निर्देशित ‘संगिनी,’ राज सरगम निर्देशित ‘कलर अफ टि’, सुरेश पोर्तेल निर्देशित ‘अन्तिम राप’ भएका छन् । जसलाई प्रतिष्ठानले नगद १ लाख, ५० हजार र २५ हजार र सम्मान—पत्रले सम्मान गरेको हो।
त्यस्तै व्यक्तिगततर्फ उत्कृष्ट सम्पादन, उत्कृष्ट लेखक, निर्देशक, अभिनेता, अभिनेत्री, क्यामेराम्यान र सम्पादक गरी ६ विधाकाले जनही १५ हजार रुपैयाँ र सम्मान पत्र दिएको थियो। रंगकर्मी, कलाकार तथा निर्देशक हरिहर शर्मा, पहिलो नेपाली नायिका भुवन चन्द र रेडियोकर्मी तथा कलाकार मदनदास श्रेष्ठको निर्णायक टोलीले निर्णय गरेको थियो।
त्यसैगरी प्रतिष्ठानले नाट्यसंगीत तथा पत्रकारितामा योगदान पुर्याउन स्रष्टालाई सम्मान गरेको थियो। प्राध्यापक डाक्टर बासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गायिका मिरा राणा, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल र गायक धिरज राईलाई जनही एक लाख र सम्मानपत्रले सम्मानित गरेको हो । कार्यक्रममा संचारमन्त्री जगदिश खरेलको उपस्थिति रहेको थियो ।


Leave a Reply